काठमाडौं, पछिल्लो २४ घण्टामा ६८९८ जना निको भएका छन् ।
यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया