प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि गरेको टिप्पणीको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिएका छन् । सोमबार युवा संघको कार्यक्रममा ओली कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन हैसियतमा पुर्याउँदैछन् भन्ने टिप्पणी गरेपछि शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको जवाफ दिएका हुन् ।
संसद विघटनविरुद्धको मुद्दा न्यायिक निरुपणका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका छ । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएकोमा ओलीले आपत्ति जनाएका छन् ।
शर्माले ट्वीटरमा लेखेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ।’
संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुलाई वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए । काँग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति ओलीलाई आग्रह गरेका छन् ।
अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता रु विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान रु प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ। देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब,’ शर्माले भनेका छन् ।
`कालो कोट´ मा होइन `कालो सोच´ मा समस्या छ @PM_Nepal ....!
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 31, 2021
ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको `भावनात्मक उत्तेजना´ सदैब निन्दनीय हुन्छ !
प्रतिक्रिया