कोरोनाका कारण गण्डकीमा थप १७ जनाले ज्यान गुमाए

५ बर्ष अगाडि

काठमाडौं– गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्कीमा ४,लमजुङ १, तनहुँ ४, नवलपरासी पूर्व ३ म्याग्दी १, स्याङजा २ र बागलुङमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  पोखरा–१ की ६७ वर्षीय महिला, पोखरा–११ का ३५ वर्षीय पुरुष, पोखरा–११ का ६० वर्षीय पुरुष, पोखरा–२९ का ८४ वर्षीय पुरुष, लमजुङ सुन्दरबजार–९ की ७० वर्षीय महिला, म्याग्दीको मंगला –१ का ३९ वर्षीय पुरुष, बागलुङको बागलुङ नगरपालिका– की २५ वर्षीय महिला, बागलुङ–२ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यसैगरी तनहुँ शुक्ला गण्डकी ८ की ३५ वर्षीय महिला, शुक्लागण्डकी–८ का ६५ वर्षीय पुरुष, शुक्लागण्डकी–९ का ३२ वर्षीय पुरुष, ब्यास–७ की ४९ महिला, स्याङजा गल्याङ–२ का ४८ वर्षीय पुरुष, वालिङ–९ का ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । 

त्यस्तै नवलपरासी पूर्व गैडाकोट–१७ की ६० वर्षीय महिला, कावसोती–३ की ५६ वर्षीय महिला र कावसोती–८ का ४१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६७८ पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया