चीनमा घट्न थाल्यो काम गर्न सक्षम जनसंख्या, एक जोडीलाई तीन सन्तान जन्माउने अनुमति

५ बर्ष अगाडि

एजेन्सी - चीनमा अब प्रत्येक जोडीलाई कम्तीमा तीन सन्तान पाउनका लागि अनुमति दिइने भएको छ । काम गर्न सक्षम जनसंख्या घट्दै गए पछि यस्तो अनुमति दिइएको हो ।  

राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको पार्टी पोलिटब्युरो बैठकमा एक जोडीलाई तीन सन्तान जन्माउनका लागि अनुमति दिने प्रस्ताव पारित गरिएको हो । 

काम गर्न नसक्ने वृद्ध मानिसहरूको संख्या बढ्दै गएपछि चिनियाँ कम्युनिस्ट पार्टीले यो निर्णय लिएको हो । यसले चीनको जनसंख्या संरचनालाई सुधार गर्ने र वृद्ध मानिसको संख्या बढ्दा खेरी आएको समस्यालाई निराकरण गर्ने अपेक्षा गरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया