बैदेशिक रोजगारीकोे प्रमुख गन्तब्य मलेसियामा १४ दिन लकडाउन

५ बर्ष अगाडि

काठमाडौं - नेपालीहरुको बैदेशिक रोजगारीकोे प्रमुख गन्तब्य मलेसियामा मंगलबार अर्थात् जुन १ तारिखदेखि १४ दिनसम्म लकडाउन घोषणा गरिएको छ ।

कोरोना संक्रमणको दोश्रो लहरले विश्वनै आक्रान्त पारिरहँदा मलेसियामा संक्रमण बढेपछि पूर्ण लकडाउनको निर्णय भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जुन १ देखि १४ सम्म मलेसिया सरकारले अत्यावश्यक बाहेक सबै प्रकारका आर्थिक र सामाजिक गतिविधिमा रोक लगाउने निर्णय गरेको छ ।

खाद्यान्न, स्वास्थ्य क्षेत्र, पानी, बिजुली, सुरक्षा, इन्धन आयात निर्यात, बैङ्क तथा वित्तीय संस्था लगायतका १७ वटा अत्यावश्यक क्षेत्र बाहेक अन्य क्षेत्र सञ्चालन नहुने द स्टार पत्रिकाले जनाएको छ ।

त्यहाँ कार्यरत नेपालीसहित अन्य श्रमिकहरूलाई काममा आवतजावत गर्नका लागि यसअघि जारी गरिएका सबै पासहरू पनि रद्द गरिएको जनाइएको छ । कामको क्षेत्र अनुसार सम्बन्धित निकायले फेरि पास जारी गर्ने जनाएको छ ।

दुई हप्तापछि संक्रमणको अवस्था हेरेर केही खुकुलो पार्दै लैजाने जनाइएको छ । लकडाउन अवधिभर बाहिर ननिस्कन र घरमै बसेर सुरक्षित रहन त्यहाँस्थित नेपाली दूतावासले सबैमा नेपाली समुदायलाई अनुरोध गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया