किन लगाइयोे टेनिस ‘सुपरस्टार’ ओसाकालाई १५ हजार अमेरिकी डलर जरिवाना ?

४ बर्ष अगाडि

एजेन्सी - टेनिस ‘सुपरस्टार’ नाओमी ओसाकालाई १५ हजार अमेरिकी डलर जरिवाना लागेको छ । ‘फ्रेन्च ओपन पोस्ट म्याच प्रेस कन्फरेन्स’मा अनुपस्थित भएको कारण उनलाई जरिवाना गरिएको होे । 

२३ वर्षीय जापानी खेलाडी ओसाकाले फ्रेन्च ओपन प्रतियोगिता अगाडि नै मिडियालाई बहिस्कार गर्ने कुरा सार्वजनिक गरेकी थिइन्।

विश्व नम्बर २ ओसाकाले गए राति पहिलो चरणको खेलमा रोमानियन मारिया ट्यागलाई ६(४, ७(६ ९७र४० को सेटले पराजित गरेपछि उनले मिडियासँग अन्तर्वार्ता गरिनन् । त्यसै कारण उनलाई ‘म्याच रेफ्री’ले जरिवाना लगाएका हुन् ।

ओसाकाले यसै वर्ष ‘लौरेस स्पोर्ट्स अवार्ड’ प्राप्त गरेकी थिइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया