असईसहित तीन प्रहरीले रक्सी चोरे पछि....

५ बर्ष अगाडि

काठमाडौं - रक्सी चोरेको आरोपमा सिराहा प्रहरीले ३ जना अधिकारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक ९असई० सहित तीन जनालाई निलम्बन गरेको हो ।

लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीले जनाएको छ ।

निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय छन् । गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए । 

त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया