काठमाडौं - निषेधाज्ञाका बेला जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
नवलपरासी पूर्व कावासोती नगरपालिका १ हात्तीखोरस्थित एक खाली कटेजमा जुवा खेल्दै गरेका पाँच जना जुवाडेलाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट नगद २५ हजार ९ सय ७० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कावासोती १ हात्तीखोर निवासी ३२ वर्षीय चक्र मोक्तान, सोही ठाउँका ३२ वर्षीया झवि अधिकारी, ५५ वर्षका बलबहादुर गाहा, लक्ष्मण श्रेष्ठ र ४२ वर्षीय राजु घिमिरे रहेका छन् ।
प्रतिक्रिया