पीएसएल खेल्न आबुधाबी जादै गरेका ११ खेलाडी र पदाधिकारीलाई विमानस्थलबाट फर्काइयो

४ बर्ष अगाडि

काठमाडौं - पाकिस्तान सुपर लिग खेल्ने तयारीमा रहेका ११ खेलाडी साथै अफिसियललाई कमर्सियल फ्लाइटमा जानका लागि रोक लागाइएको छ । 

लाहोर र कराँचीबाट दोहा हुँदै आबुधाबी जाने क्रममा ११ खेलाडी र केही पदाधिकारीलाई फ्लाइटमा चड्नबाट रोकिएको हो । यो सँगै  उनीहरुलाई बहराईबाट यूएई लगिने बताइएको छ ।

आबुधाबीमा हुने प्रतियोगिताका लागि सबै टिमका खेलाडीको क्वारेन्टिन र पीसीआर परिक्षणपछि आबुधावीका लागि कराँची र लाहोरबाट फ्लाइट मिलाइएको थियो । 

तर, कतार एयरवेजले ११ खेलाडी र केही पदाधिकारीलाई प्लेन चड्नबाट रोकेको बताइएको छ । उनीहरूलाई बोर्डिङ गर्नका लागि सबै प्रक्रिया पुरा नगरेको बताइएको छ ।

जान नपाएका खेलाडी र पदाधिकारी होटल फर्काइएको छ । लाहोरमा क्वारेन्टाइनमा रहेका १३ खेलाडीलाई पीसीबीले घर फर्किनका लागि अनुमति दिएको छ । अब उनीहरुलाई केही दिनपछि चार्टड भन्दा पनि कमर्सियल फ्लाइटमा यूएई लगिने भएको छ ।

पीसीबीले कोभिडका कारण बिचमा नै रोकिएको जनाएको छ । पाकिस्तान सुपर लिग आबुधाबीमा हुँदै छ । यसका लागि दुई सय दुई खेलाडी, सपोर्ट स्टाफ, प्रतियोगिताका अफिसियल पाकिस्तानबाट जानेछन् । जमसा ५७ जना कराँचीबाट र एक सय ४५ जना लाहोरबाट रहेका छन ।

४ बर्ष अगाडि

प्रतिक्रिया