मोरङमा चौथो पटक थपिएको निषेधाज्ञा

५ बर्ष अगाडि

काठमाडौं– जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म लम्ब्याएको छ। चौथो पटक थपिएको निषेधाज्ञाको समय भोलि सोमबार राती १२ बजेसम्म रहेकोमा पुनः एक साता थप गरिएको हो । 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ ।
 झापा र सुनसरी जिल्लाले पनि निषेधाज्ञाको अवधि बढाइसकेका छन् । मोरङसहितका यी तीन जिल्ला कोरोना संक्रमण सवैभन्दा धेरै भएका जिल्ला हुन् ।

कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएर निषेधाज्ञा लगाउन चर्को दवाव परेपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि लागु निषेधाज्ञा लगाएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया