काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४० हजार ९५५ पुगेको छ।
नेपालमा आज ४ हजार ३६९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ६६७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या ५ लाख ५७ हजार ७९१ जना पुगेको छ।
प्रतिक्रिया