आमामा कोरोना नेगेटिभ, नबजात शिशुमा पोजेटिभ

५ बर्ष अगाडि

भारतको बनारसमा कोभिड संक्रमण नभएकी महिलाबाट जन्मिएका शिशुमा  संक्रमण देखिएको छ । जन्मनासाथ शिशुमा कोरोनाको संक्रमण देखिएको हो ।  २६ वर्षीय आमाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो । महिलालाई २४ मेइमा बनारस हिन्दू विश्वविद्यालयको एसएसएल अस्पतालमा भर्ती गरिएको थियो ।

२५ मेइमा महिलाले एक बालिकालाई जन्माइन् । लगत्तै ती शिशुको कोरोना परीक्षण गरियो । आमा नेगेटिभ भएपनि नवजातको परीक्षण रिपोर्ट पोजेटिभ देखियो ।   यस घटनाले चिकित्सक र परिवारलाई स्तब्ध भएको छ । अस्पतालले केही दिनभित्र फेरि दुबैको कोभिड परीक्षण गर्ने जनाएको छ । एसएसएल अस्पतालका चिकित्सा अधिक्षक केके गुप्ताका अनुसार यो कुनै असामान्य घटना भने होइन । 


उनले भने, ‘आरटी पिसिआर परीक्षणको एक्युरेसी ७० प्रतिशतसम्म थियो । महिलाको नमूना त्यस संवेदनशीलताभन्दा माथि हुनसक्छ । त्यसैकारण महिलाको कोभिड परीक्षण फे

५ बर्ष अगाडि

प्रतिक्रिया