श्रमिकको निःशुल्क सामूहिक बीमा

५ बर्ष अगाडि

काठमाडौं - औद्योगिक प्रतिष्ठान तथा संगठित क्षेत्रमा कार्यरत श्रमिक एवं कामदारको निशुल्क बीमा हुने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले श्रमिकको सामूहिक बीमा गरिने बताएका हुन् । 

बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले सरकारी कर्मचारीहरुको १० लाख रुपैयाँ बराबरको सामुहिक दुर्घटना बीमा गरिने बताए । साथै श्रमजिवी पत्रकारको ७ लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिने योजना समेत सरकारले अघि सारेको छ ।

पत्रकारहरुको दुर्घटना बीमाको बीमाशुल्क ५० प्रतिशत रकम सरकारले व्यहोर्ने भएको छ । सरकारी कर्मचारीहरुको १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा वापतको बीमाशुल्क समेत सरकारले व्यहोर्ने भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया