बुटवल– अर्घाखाँचीमा एक ५ वर्षीया बालिकामाथि यौन हिंसा भएको घटना गाउँमा गुपचाप पार्न खोजिएपनि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।
गत मंसिर ३ गते मालारानी गाउँपालिका वडा नम्वर ३ निवासी १७ वर्षीय झिल्के (नाम परिवर्तन) ले ५ बर्षिया बालिका अवोध(नाम परिवर्तन) लाई यौनजन्य गतिविधि गरेको घटनालाई गाउँमै गुपचूप पार्न खोजिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले घटनापछि प्रहरीले कानुनी प्रकृया थालेको बताए ।
‘सामान्य भनसुन आएको थियो तर हामीले मानेनौं,आरोपीलाई पक्राउ गरी कानुन अनुसार यौनजन्य अपराधमा अदालतमा मुद्दा दर्तापछि म्यादथप समेत गरेर अनुसन्धान भइरहेको छ’ प्रहरी प्रमुख मल्लले बताए ।
मल्लकाअनुसार मुलुकी संहिता अनुसार अभियुक्त १८ बर्ष नपुगेकाले उनको विवरण पनि गोप्य नै राखिएको छ । वालिकाका बाबु भने बिदेश छन् ।
घट्नाविवरण अनुसार अभियुक्तले त्यसदिन बालिको घरमा गई उनकी आमालाई सुन्तला टिपेर खान बालिकालाई देखाउन आग्रह गरेका थिए । सोही अनुसार बालिकाकी आमाले उनलाई सुन्तलाको बोट देखाउन पठाएकी थिइन् । केहिबेरपछि आमा सुन्तलाको बोटछेउमा जाँदा अभियुक्तले बालिकालाई यौनजन्य दुर्बब्यहार गरिरहेको देखेपछि घटना सार्वजनिक भएको डिएसपी मल्लले बताए ।
प्रतिक्रिया