एजेन्सी - बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूभन्दा २३ वर्ष काम उमेरकी प्रेमिका केरी साइमण्ड्ससंग विवाह गरेका छन् ।
द सनका अनुसार उनीहरुले वेस्टमिनिस्टर चर्चमा शनिवार विवाह गरेका हुन् । उनीहरुको उक्त विवाहको तयार पछिल्लो ६ महिनादेखि चलिरहेको थियो ।
जसका बारेमा उक्त चर्चाका सिमित अधिकारीहरुलाई मात्र जानकारी थियो । शनिवार सम्पन्न उनीहरुको वैवाहिक समारोहमा उनीहरुका निजका साथीभाइ तथा परिवारका सदस्य करिव ३० जना पाहुनाहरु मात्र सहभागि भएको समाचारमा जनाइएको छ ।
बोरिस जोन्सन तथा केरी साइमण्ड्सले सन् २०१९ मै इन्गेज्मेन्ट गरेका थिए । तर कोरोना भाइरसको संक्रमणका कारण उनीहरुले २०२० मा विवाह गर्न सकेनन् ।
गत वर्षको फेब्रअरी महिनामा केरी साइडण्ड्सले दुबैको इन्गेज्मेन्ट भएको तथा चाँडै नै विवाह गर्ने कुरा खुलासा गरेकी थिइन् ।जोन्सन प्रधानमन्त्री भएदेखि २०१९ देखि नै दुबै डाउनिङ स्ट्रीटमा संगै बस्दै आइरहेका छन् ।
प्रतिक्रिया