इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेल यूएईमा हुने भएको छ। कोरोना माहामारीका कारण खेलाडीमा कोरोना संक्रमण बढ्दै गएपछि आईपीएल २०२१ संस्करणका स्थगित गरीएका खेलहरु यूएईमा हुने भएको हो ।
शनिबार भारतीय क्रिकेट बोर्डले एक सूचना जारी गर्दै कोरोना महामारीका कारण रोकिएका बाँकी खेल सेप्टेम्बर र अक्टोबरबीच यूएईमा सञ्चालन गर्ने बताएको हो।
प्रतियोगिता गत मे ४ मा रोकिएको थियो। आईपीएलमा अब ३१ खेल बाँकी रहेका छन्।
प्रतिक्रिया