नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित

४ बर्ष अगाडि

काठमाडौं, नेपाल इराकसँग ६–२ गोलले पराजित भएको छ ।

नेपाल खेलको सातौं मिनेटमै १–० गोलले पछि परेको थियो।  मध्यान्तरअघि ४–२ गोलले अग्रता लिएको इराकले बाँकी गोल दोस्रो हाफमा गरेको होे।

नेपाल र इराकबीचको यो चौथो खेल हो। यसअघिका तीन खेल पनि इराकले जितेको थियो।

यो मैत्रीपूर्ण खेलपछि टीम नेपाल विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि कुवेत जानेछ।

नेपालले ३ जुनमा चाइनिज ताइपेई, ७ जुनमा जोर्डन र ११ जुनमा अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले ५ खेलबाट ३ अंक जोडेको छ।

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया