काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोशी, रसुवागढी तथा केही निजी क्षेत्रका गरी १ हजार २९ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप गर्ने जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । त्यस्तै सरकारले कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा अवधिभरका लागि सरकारी संस्थानबाट खरिद गरिने खाद्यान्नमा २० प्रतिशत छुट दिएको छ ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट खरिद गरिने खाद्यान्नलगायत खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने भएको हो । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यी दुई संस्थाबाट खरिद गर्ने, चाम, पिठो,दाल, नुन ,चिनी लगायत खाद्यवस्तु र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने गरी आवश्यक बजेटको व्यवस्था गरिएको बताए ।
त्यसैगरी, निषेधाज्ञा अवधिभर प्रति महिना २० युनिट मात्र बिजुली खपत गर्नेलाई महसुलमा छुट दिइएको छ । २० युनिट प्रतिमहिना खपत गर्नेलाई पुरै महसुल छुट दिने, १ सय युनिट सम्म प्रयोग गर्नेलाई ५० प्रतिशत र २ सय युनिट सम्मको लागि २५ प्रतिशत महसुल छुट दिईने भएको हो ।
प्रतिक्रिया