काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आगामी आर्थिक वर्षको लागि अथमन्त्री बिष्णु पौडेलले १५ खर्ब ४७ अर्बको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्बको आकारको बजेट थियो ।
सरकारले केन्द्र सरकारको चालु खर्चको लागि ६ खर्ब ७८ अर्ब बिनियोजन गरेको छ भने विकास खर्चको लागि ३ खर्ब ४७ अर्ब बिनियोजन गरेको छ ।
सरकारले बजेट स्रोतको रुपमा आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने छ । यस्तै ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ । ३ खर्ब ९ अर्ब विदेशी ऋण लिने र २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिने जनाएको छ ।
त्यस्तै सबै तहका कर्मचारीको तलब मासिक दुई हजार रुपैयाँ दरले बढाएको छ । सरकारले बजेट वक्तव्यमार्फत सबै तहका कर्मचारीको तलब दुईरदुई हजारका दरले बढाउने भएको हो ।
त्यस्तै महंगी भत्ता कायम राख्ने निर्णय पनि अर्थमन्त्री बिष्णु पौडेलले सुनाएका छन् । कर्मचारीका लागि १० लाखको जीवन बिमा र १ लाख रुपैयाँ दुर्घटन बिमाका लागि समेत सरकारले रकम छुट्याएको छ।
प्रतिक्रिया