काठमाडौं - सरकारले गरिबी निवारण कोष खारेजको घोषणा गरेको छ । आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरिबी निवारण कोष खारेजको घोषणा गरेका हुन् ।
त्यस्तै गरिबहरुका लागि आवश्यक नयाँ कार्यक्रम ल्याइ बजेट छुट्टयाइने समेत बताए । साथै आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गरेका छन् ।
अहिले सार्वजनिक भइरहेको उक्त बजेटमा खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गरेका छन् ।
प्रतिक्रिया