१० वर्षमा डिजल पेट्रोलबाट चल्ने गाडि हट्ने, विद्युतीय गाडी चलाउने सरकाको नीति

४ बर्ष अगाडि

काठमाडौं - सरकारले आगामी १० वर्षभित्र पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विस्थापीत गर्ने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको बताए । 

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए । त्यस्तै सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया