काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा कोरोना भाइरस संक्रमणविरुद्धको खोपका लागि पौने २६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी गराएका छन् । साथै उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको भत्तालाई निरन्तरता दिइएको पनि जानकारी दिए ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ बिनियोजन गरेको छ ।
साथै सरकारले स्थानीय तहलाई १ खर्ब ७३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
प्रतिक्रिया