यादवले ठाकुरलाई स्पष्टिकरणको पत्र काटेलगत्तै ठाकुरले पनि काटे यादवलाई स्पष्टिकरणको पत्र

४ बर्ष अगाडि

काठमाडौं - जनता समाजवादी पार्टीभित्र अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच स्पष्टिकरण साधा सोध गरेका छन् । दुवै अध्यक्षले एकले अर्कालाई २४ घन्टे स्पष्टिकरण सोधेर कारबाही प्रक्रिया बढाएका छन् ।

आज यादवले ठाकुरलाई स्पष्टिकरणको पत्र काटेलगत्तै ठाकुरले पनि यादवलाई स्पष्टिकरणको पत्र काटेका छन् । दुवै अध्यक्षले एक अर्कामाथि पार्टीविरोधी गतिविधिमा लागेको आरोप लगाएका छन् ।

स्पष्टिकरण सोधेर यादव र ठाकुरले एकले अर्कालाई पार्टीबाट निष्काशनको तयारी गरेका हुन् । चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्काशनको निर्णय आउने बुझिएको छ । यसअघि पनि दुवै अध्यक्षले एक अर्कामाथि स्पष्टिकरण सोधेका थिए ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया