एजेन्सी - च्याम्पियन्स लिगको उपाधिका लागि शनिबार म्यानचेस्टर सिटी र चेल्सी प्रतिस्पर्धा गर्दै छन् । खेल पोर्चुगलको पोट्रोमा नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।
सिटी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पिएसजी० र चेल्सी स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गर्दै फाइनल पुगेका हुन् । च्याम्पियन्स लिगको उपाधिका लागि दुई इङ्ग्लिस क्लब भिड्न लागेको यो तेस्रोपटक हो ।
सन् २००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । जसमा पेनाल्टी सुट आउटमा चेल्सीलाई पन्छाउँदै युनाइटेडले लिग उपाधि उचालेको थियो । सन् २०१९ को फाइनलमा टोटेनहमलाई २-० ले हराउँदै लिभरपुलले उपाधिमाथि कब्जा जमाएको थियो ।
कोरोना महामारीका कारण गत सिजनको फाइनल बन्द रंगशालाभित्र भए पनि यसपटक १६ हजार ५०० दर्शकले रंगशालामै गएर खेल हेर्न पाउने छन् ।
प्रतिक्रिया