सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागी १६ खर्ब रुपैयाँको बजेट ल्याउने भएको छ।आज बसेको मन्त्रिपरिषको बैठकले बजेट पारित गरेको हो ।
बजेट पारित भएसंगै आयव्ययको विवरण राष्ट्रपति कार्यालय पठाइएको कानुनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।।
सरकारले शनिबार नै अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्दैछ।।राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुनेछ ।
बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।
प्रतिक्रिया