२१ लाखले पाए चालक अनुमति पत्र

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा झण्डै २१ लाख व्यक्तिले सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) प्राप्त गरेका छन् । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७ प्रतिवेदनले यस्तो देखाएकोे हो । सर्वेक्षणका अनुसार गत फागुन मसान्तसम्म २० लाख ८७ हजार ६८३ स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गरिएको जनाएकोे छ । 

२०७७ असारसम्म १८ लाख १३ हजार २९१ जनालाई वितरण गरिएकोमा त्यसपछिको ८ महिनामा २ लाख ७४ हजारलाई स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गरिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया