सरकारी ऋण बढ्दै गएको तथ्यांकले देखाएको छ । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०७७–७८ को फागुनसम्म १५ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
कुल गार्हस्थ उत्पादनमा तिर्न बाँकी ऋणको हिस्सा ३७।३ प्रतिशत पुग्ने सर्वेक्षणमा भनिएको छ । आर्थिक वर्ष २०७६–७७ मा १४ खर्ब १९ अर्ब रुपैयाँ पुगेकोमा चालु आर्थिक वर्षमा १५ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । यस आधारमा एक नेपालीको थाप्लोमा करिब साढे ५२ हजार रुपैयाँ ऋणभार रहेको छ ।
सार्वजनिक ऋणमा बाह्य ऋण ५४।९ प्रतिशत र आन्तरिक ऋण ४५।१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया