'आगामी निर्वाचन अगाडि नै सबै जनतालाई खोप उपलब्ध गराउने प्रयासमा जुटेका छौँ: प्रधानमन्त्री

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लासको चाड भए पनि कोभिड–१९ का कारण खुशीका साथ गणतन्त्र दिवस मनाउन नपाएकामा दुःख व्यक्त गरेका छन्। कोरोना महामारीविरुद्धको कठिन सङ्घर्षमा मुलुक होमिएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अहिलेको पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो चुनौतीबाट जनताको जीवन रक्षा गर्न कुनै पनि सम्भव प्रयास बाँकी नराखिने स्पष्ट पारे  । 

 चौधौँ गणतन्त्र दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले अकस्मात आएको महामारीको सामना गर्न संसारका कुनै पनि राष्ट्र पूर्वतयारीमा नभएको सन्दर्भमा शून्य अवस्थाको स्वास्थ्य संरचना र पूर्वाधारबाट सङ्कटसँग जुध्नुपरेको स्मरण गराए । कतिपय सम्पन्न मुलुकले निःशुल्क स्वास्थ्य सेवा दिन नसकिरहेको अवस्थामा सरकारले अधिकांश सङ्क्रमित र बिरामीको निःशुल्क उपचार र खोप अभियानलाई निरन्तरता दिइरहेको उल्लेख गरे । 

“आगामी निर्वाचन अगाडि नै सबै जनतालाई खोप उपलब्ध गराउने प्रयासमा जुटेका छौँ”, प्रधानमन्त्री ओलीले थपे, “क्षमतालाई भरपुर प्रयोग गर्दै अघि बढेकाले कोभिडविरुद्धको लडाइँमा सक्षम हुने छौँ भन्ने विश्वास दिलाउँछु ।”
 

४ बर्ष अगाडि

प्रतिक्रिया