सरकारलालाई सार्वजनिक संस्थानबाट १४ अर्ब ९ करोड बढि लाभांश, खुद नाफा कति ?

५ बर्ष अगाडि

काठमाडौंं - सरकारले आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानबाट १४ अर्ब नौ करोड ९५ लाख लाभांश प्राप्त गरेको छ । यो अघिल्लो आव २०७५/०७६ को तुलनामा ४८.८७ प्रतिशतले बढी हो ।

शुक्रबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थितिको समीक्षा, २०७८ मा उल्लेख भएअनुसार उक्त अवधिमा संस्थानहरूको कुल सञ्चालन आय चार खर्ब २८ अर्ब ७१ करोड ३४ लाख पुगेको छ । यो अघिल्लो आवको भन्दा ९ प्रतिशतले बढी हो ।

त्यस्तै संस्थानको खुद नाफामा भने अघिल्लो वर्षको तुलनामा १.२१ प्रतिशतले कमी आएर ४४ अर्ब २९ करोड ८२ लाख रुपियाँ पुगेको छ । कोेभिड–१९ को सङ्क्रमणका कारण सार्वजनिक संस्थानको कार्यसम्पादनमा केही सङ्कुचन आएको मन्त्रालयले स्पष्ट पारेको छ ।

समीक्षा अवधिमा संस्थानको सञ्चित नाफा अघिल्लो आव २०७५/७६ को तुुलनमा १८.१९ प्रतिशतले बढेर एक खर्ब नौ अर्ब ७४ करोड ८० लाख पुगेको छ । सञ्चित नोक्सानीमा भने ०.९३ प्रतिशतले कमी आएर ३४ अर्ब २३ करोड ६१ लाख कायम हुन पुगेको छ । सबै संस्थाको सञ्चित नाफा २९.५३ प्रतिशतले वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ ।

हाल अस्तित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २४ संस्थान नाफा आर्जन गर्र्न सफल भएका छन् । १८ संस्थानले घाटा बेहोरिरहेका छन् । 

समीक्षा अवधिमा सार्वजनिक संस्थामा सरकारको लगानी पनि बढेको छ । अघिल्लो आवको तुलनमा आव २०७६/७७ मा ११.८२ प्रतिशतले वृद्धि भएर पाँच खर्ब १९ अर्ब ५५ करोड ३६ लाख पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया