युएर्इ–उपचारको क्रममा दुबईको अस्पतालमा हिजो मगलबार एक नेपाली महिलाको मृत्यु भएको छ।
गोरखा गण्डकी गाँउपालिका,३ फुजेलकी २५ बर्षिय अनिता खतिवडा रार्इको उपचारको क्रममा दुबर्इको लतिफा अस्पतालमा मृत्यु भएको हो।
३ बर्ष देखि रोजगारीको शिलशिलामा दुबर्इमा काम गर्दै आएकी अनिता आकस्मिक बिरामी परेपछि उपचारको लागी दुबर्इको लतिफा अस्पतालमा लगिएको थियो। डक्टरको भनार्इ अनुशार उनको कलेजो ९लिभर० र मृगौला दुबैमा र्इन्फेक्सन भएकोले मृत्यु भएको जनार्इएको छ।
अहिले उनको पार्थिक शरिर लतिफा अस्पतालमा राखिएको छ। अस्पतालको आबश्यक प्रकृया पुरा भर्इ सकेकोले नेपाली दुताबास आबुधावीमा सम्पर्क गरि तत्काल अन्तिम दाहसंस्कारको लागी शब नेपाल पठाउन लागिएको गोरखा सेवा समाज युएर्इका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिएका छन्।
मृतक अनिता २ बर्षिय छोरा अंकित र श्रीमान् अर्जुन खतिवडा सगै दुबर्इमा बस्दै आएकी थिर्इन्।
प्रतिक्रिया