युवा नेतालाई मनाउन सुजाताको पहल

७ बर्ष अगाडि

काठमाडौं–काँग्रेस नेतृ सुजाता कोइरालाले पार्टीका युवा नेताहरुसँग भेट गरेकी छिन् । 
मंगलबार आफ्नै निवास मन्डिखाटारमा भएको भेलामा सुजाताले नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल, किरण यादवलगायतका नेताहरुलाई बोलाएकी थिइन् । 
सुजाताले आफू पार्टीमा प्रतिस्पर्धी नभएको भन्दै सहजीकरण गर्नमात्रै नियमित छलफल गरिरहेको बताएकी थिइन् । 
छलफलका क्रममा उनले पार्टीलाई एकढिक्का बनाउनुपर्ने बेला भएको भन्दै एक्लाएक्लै नहिँड्न आग्रह गरेको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया