बिजुलीको कुल जडित क्षमता एक हजार ४५८ मेगावाट पुग्यो

४ बर्ष अगाडि

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि दिएको प्राथमिकताको प्रतिफल देखिन थालेको छ । अर्थ मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणानुसार गत फागुन मसान्तसम्म मुलुकभर बिजुलीको कुल जडित क्षमता एक हजार ४५८ मेगावाट पुगेको छ ।

यो गत वर्षका तुलनामा ४ दशमलव १ प्रतिशतले बढी हो । यस्तै प्रतिव्यक्ति विद्युत् खपत २६० किलोवाट घण्टा तथा झण्डै ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ।

त्यसैगरी २०७७ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे सडक १५ हजार ९७४ किलोमिटर, खण्डास्मित  आठ हजार ५८२ किलोमिटर र कच्ची सडक नौ हजार ९७२ किलोमिटर सडक निर्माण भएको छ ।

यस्तै सबै सरकारी विद्युतीय सेवालाई एकीकृत प्रणालीमार्फत नागरिकलाई सहजरूपमा सेवा पु¥याउन नागरिक एप सञ्चालनमा ल्याइएको छ । आर्थिक सर्वेक्षणानुसार भूकम्पपछिको पुनर्निमाणमा उत्साहजनक प्रगति हासिल भएको छ । 

काठमाडौंको ऐतिहासिक धरोहरका धरहरा, रानीपोखरी र दरबार हाइस्कूललगायत महत्वपूर्ण ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया