राजपामा महन्थ ठाकुर पक्षले दियो ‘अल्टिमेटम’

७ बर्ष अगाडि

 काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर पक्षले संयोजक परिवर्तन गर्ने निर्णय पुनर्विचार गर्न एक सातासम्म कुर्ने बताएको छ । संयोजक परिवर्तन गर्दा ठाकुरमाथि काम गर्न नसकेको भन्दै लगाएको अभियोग तथा महेन्द्र राय यादवले बोलेका अभिव्यक्ति फिर्ता लिनुपर्ने उनीहरूको अडान छ ।

आफूहरूको सरोकार भएका दुई विषयमा पुनर्विचार नभए ठाकुर पक्षले राजपाको छुट्टै बैठक बोलाउने केन्द्रीय सदस्य डा। सुरेन्द्र झाले जानकारी दिए । ‘एक हप्तासम्म पनि उहाँहरूले यी दुई विषयमा प्रस्ट धारणा ल्याउनु भएन भने राजपाको ब्यानरमा राजनीतिक समिति वा पदाधिकारी बैठक बोलाउने पक्षमा छौँ,’ उनले भने । बैठक बोलाउँदा पनि वातावरण बनेन भने मेची महाकाली अभियान सुरु हुने झाको भनाइ छ । नयाँ पत्रिका दंैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया