चीनले दिने १० लाख डोज कोरोना खोप कहिले आइपुग्छ ?

५ बर्ष अगाडि

चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने भनेको १० लाख मात्रा कोभिड खोप तयार अवस्थामा राखिएको र त्यो एकाध दिनमै नेपाल आइपुग्ने अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच यसै साता भएको कुराकानीका क्रममा चीनले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा दिने घोषणा गरेको हो।

यो खोप प्राप्त भइसकेपछि बेइजिङले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको खोपको मात्रा १८ लाख पुग्ने बिबिसीले जनाएको छ।

बेइजिङस्थित नेपाली राजदूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार चीनले दिने प्रतिबद्धता जनाएको भेरो सेल खोप आगामी हप्ताको सुरुसम्ममा नेपाल आइपुग्नेछ।

उनले बेइजिङबाट नेपाल पठाइने खोप 'चाइना एडु नामक चिनियाँ सहायता निकायमार्फत् आउन लागेको उल्लेख गरे। त्यसलाई काठमाण्डूसम्म ल्याउने जिम्मेवारी भने नेपाल सरकारको हुनेछ।

त्यसबाहेक थप दुई लाख मात्रा खोप तिब्बत सरकारले उपलब्ध गराउन लागेको बताइएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया