‘यास’ चक्रवातको असर कायमै रहँदा मुलुकका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘यास’ चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भएको छ । अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
विभागले देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने भएकोले आगामी २४ घण्टा आवश्यक सतर्कता अपनाउन आगह गरेको छ । विभागका अनुसार प्रदेश १ ,प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १र२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
गण्डकी, बागमती प्रदेश र प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडीरहिमाली भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले जनाएको छ।
प्रतिक्रिया