२० वर्षपछि नेपाल र इराक भिड्दै, लाइभ हेर्न सकिने  !

४ बर्ष अगाडि

नेपाली राष्ट्रिय फुटबल टिमले आज इराकसंग २० वर्षपछि मैत्रीपूर्ण खेल खेल्दै छ । खेल नेपाली समय अनुसार राति १०:१५ बजे इराकको अलफाया रंगशालामा सुरु हुने छ । 

 केहि समय अघि मात्र कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बसरालाई राष्ट्रिय टोलीको जिम्मा दिएको थियो। 

यस्तै नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।

नेपाली टोलीमा गोलकिपर: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की 

डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकाश खवास

मिडफिल्डरमा  विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान र स्ट्राइकरमा  अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा रहेका छन् । 

आज हुने खेलको लाइभ कतारी स्पोर्ट्सको युटुब च्यानलमा  https://www.youtube.com/c/imnsport/videos  गएर हेर्न सकिने छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया