निषेधाज्ञा एक साता लम्बियो, मिर्गौला पीडितलाई १६ लाख

५ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः एक हप्ता निषेधाज्ञाको समय थपेको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिकोे बैठकले १५ गते शनिबार राति १२ बजे सकिने निषेधाज्ञालाई थपेर यही जेठ २२ गते सम्म लम्ब्याएको हो । सङ्क्रमितहरुको सङ्ख्या बढ्दै जादाँ कोरोना महामारीको जोखिम पनि यथावत रहेकोले अवधि थपिएको सहायक प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । 

मिर्गौला पीडितलाई १६ लाख
व्यास नगरपालिका–१ हाइस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङ्लाई आर्थिक सहयोग गरेको छ । क्लवका अध्यक्ष सनम तामाङ् र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत शुक्रबार आशमायालाई १६ लाख १५ हजार सहयोग गरिएको हो । क्लबले टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, विभिन्न संस्था, विदेशमा रहेका शुभचिन्तकबाट सो आर्थिक सङ्कलन गरेको जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया