यसपालि पनि ४.०१ प्रतिशतले घट्यो नेपालको आर्थिक वृद्धिदर

५ बर्ष अगाडि

काठमाडौँ– आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो आर्थिक वर्षमा ऋणत्मक रहेको नेपालको आर्थिक वृद्धिदर यसपालि पनि घटेको जनाएका छन ।

आर्थिक वर्ष २०७६र०७७ मा पछिल्लो दुई दशकयताकै कम २.१२ प्रतिशतले ऋणत्मक रहेको अबस्थामा अहिलेको लक्ष्य रहेको ४.०१ प्रतिशत समेत भेटाउन चुनौतीपूर्ण रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

राष्ट्रिय जिडिपी ४२ खर्ब ६६ अर्ब ३२ अर्ब रहेकोमा बाग्मती प्रदेशको बढि र कर्णालीप्रदेशको सबैभन्दा कम रहेको छ ।

चालू आर्थिक वर्षमा १८.१ प्रतिशतले बढेर १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान सार्वजनिक गरेको हो । ५.८ प्रतिशले बढेर १ हजार १ सय ९१ अमेरीकी डलर पुगेको अनुमान मन्त्रालयले सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ३.५ प्रतिशतले मुल्यवृद्धि भएको जनाइएको छ । तर अघिल्लो वर्ष भने ६.५ प्रतिशत मूल्यवृद्धि रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बजेट घाटा ६५.५ प्रतिशतले बढेर २९ अर्ब १६ करोड पुगेको छ । चालू आर्थिक वर्षको फागनुसम्म ५ खर्ब १ अर्ब ९७ करोड राजश्व संकलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार आयत २ प्रतिशतको हाराहारीमा बढेर गत फागुनसम्म ९ खर्ब ४३ अर्ब ९९ करोड बराबरको आयात भएको छ भने निर्यात भने ८० अर्ब ७८ करोडको मात्रै भएको छ । झण्डै साढे ८ खर्ब रुपैया व्यापारघाटा भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

मन्त्रालयका चालू आर्थिक वर्षमा ६४ अर्ब १९ करोढ बराबरको विदेशी लगानी स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ । बैक तथा वित्तिय संस्थामा चालू आर्थिक वर्षमा ४२ खर्ब ६० अर्ब ४७ करोड निक्षेप संकलन भएकोमा ३८ खर्ब ४६ अर्ब ३१ करोड कर्जा प्रवाह भएको अर्थ मन्त्रालयले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया