पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित, ज्यान गुमाउने पनि घटे

५ बर्ष अगाडि

काठमाडौं– पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।

यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ ।

त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया