करिब १६ खर्ब पुग्यो विदेशी ऋण, नेपालको कूल गाह्रस्त उत्पादनको ३७.३ प्रतिशत बराबर

५ बर्ष अगाडि

काठमाडौं - नेपालमा विदेशी दाताले दिएको ऋण बढेको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को फागुन मशान्तसम्म विदेशी ऋण करिब १६ खर्ब पुगेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विदेशी ऋण १५ अर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । यो ऋण नेपालको कूल गाह्रस्त उत्पादनको ३७ दशमलव ३ प्रतिशत बराबर रहेको छ ।

यस्तै, संघीय सरकारको बजेट घाटामा भने सुधार आएको छ । गत आवको तुलनामा यस आवमा ६५ दशमलव ५ प्रतिशतले सुधार हुँदै २९ अर्ब १६ करोड कायम रहेको छ ।

गत आर्थिक वर्षको तुलनामा यस आवको फागुन मशान्तसम्म सरकारी राजश्व पनि बढेको बताए । चालू आवमा ४।६ प्रतिशतले वृद्धि भई संघीय सरकारको राजश्व ५ खर्ब एक अर्ब ९७ करोड राजश्व संकलन भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया