५३ लाख ८० हजार रुपैयाँ सहित दुई जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - ५३ लाख ८० हजार रुपैयाँ सहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् । 

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा प्रसौनीका २६ वर्षीय शिव आनन्द गुप्ता र पर्सा वीरगंज श्रीपुरका १९ वर्षीय प्रकाश जैसवाल रहेका छन् ।

वीरगंज बीपिसी क्याम्पस नजिक छेउमा डेरा गरी बस्ने गुप्ता समेत २ जनाले अवैध वित्तिय कारोवार ९हुण्डी० गरिरहेको सूचना प्राप्त भएपछि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–११ श्रीपुरबाट जैसवाललाई नगद २४ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

थप अनुसन्धानको क्रममा गुप्ताको डेरा तलासी गर्दा २ वटा झोलामा लुकाई राखेको नगद २९ लाख ८० हजार रुपैयाँ समेत फेला पारी गुप्तालाई पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया