राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

४ बर्ष अगाडि

काठमाडौं - आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । आगामी आर्थिक वर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट हुने सम्बोधनमा पछिल्लो राजनीतिक घटनाक्रम र बजेटका विषयमा जानकारी गराउने बुझिएको छ ।

प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गरिन्छ । तर जेठ ७ गते राति हठात रुपमा संसद विघटन भएसँगै अध्यादेश मार्फत आगामी बजेट ल्याउने तयारी भइरहेको छ । 

संसदको अधिवेशन नभएको कारण प्रधानमन्त्री निवास बालुवाटारबाटै बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया