बार्सिलोना सँग मेस्सीलाई सम्झौता अवधि थप गर्न प्रस्ताव, के भन्छन् मेस्सी ?

४ बर्ष अगाडि

एजेन्सी - स्पेनिस जायन्ट बार्सिलोनाले लियोनेल मेस्सीलाई सम्झौता नवीकरणको प्रस्ताव गरेको छ । क्याटलान क्लबले मेस्सीलाई सम्झौता अवधि थप्ने प्रस्ताव गरेको हो । 

गतवर्ष नै क्लब छाड्ने चाहना गरेका बार्सिलोनाका कप्तान तथा मुख्य खेलाडी मेस्सीलाई क्लबले सम्झौता अवधि थप गर्नका लागि प्रस्ताव गरेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । 

तर, मेस्सीले नयाँ सम्झौताबारे बार्सिलोनालाई कुनै प्रतिक्रिया दिएका छैनन् । मेस्सीको बार्सिलोनासँगको सम्झौता आगामी जुन ३० देखि सकिँदैछ । ३३ वर्षीय मेस्सी अहिले अर्जेन्टिनामा रहेका छन् ।

मेस्सीलाई क्लबमै राख्ने बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाको मुख्य लक्ष्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया