काठमाडौं– नेपाल सरकार अर्थ मन्त्रालयले आज (शुक्रबार) सामान्य कार्यक्रमका बिच आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा पहेँलो किताब सार्वजनिक गर्दैछ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सामान्य कार्यक्रमका बिच आर्थिक सर्वेक्षण र पहेँलो किताब सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए। “आज आर्थिक सर्वेक्षण र पहेँलो किताब सामान्य कार्यक्रमका बिच सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। अर्थ मन्त्रालयका अधिकारी सहित सरकारी प्रतिनिधिका बिच अर्थमन्त्रीले सार्वजनिक गर्नु हुनेछ,” आचार्यले भने।
सरकारले बजेट सार्वजनिक गर्नुभन्दा अघि दुबैलाई सार्वजनिक गर्नुपर्छ। सरकारले नियमित कार्यक्रमका बिच सबैभन्दा पहिले सदनमा पेस गर्नुपर्ने हुन्छ। तर यस पटक संसद नभएका कारण दुवै प्रतिवेदनलाई सिधै अर्थ मन्त्रालयमा नै सामान्य कार्यक्रमका बिच सार्वजनिक गर्न लागेको आचार्यको भनाइ छ। दुवै प्रतिवेदन शुक्रबार दिउसो दुई बजे सार्वजनिक हुनेछन्।
सरकारले चालु आर्थिक वर्षको पहिलो आठ महिनाको आर्थिक स्थितिको बारेमा गरेको आर्थिक प्रतिवेदनलाई नै आर्थिक सर्वेक्षणको रुपमा सार्वजनिक गर्ने गर्छ। सरकारले सार्वजनिक गर्ने सर्वेक्षणमा मुलुकका आर्थिक गतिविधिहरुको अहिलेसम्मको वास्तविक गतिविधिहरुलाई तथ्याङ्क सहित सार्वजनिक गर्ने गर्छ। केन्द्रीय तथ्याङ्क विभाग, नेपाल राष्ट्र बैंक लगायतले सार्वजनिक गर्दै आएका तथ्याङ्कहरुकै सँगालोको रुपमा पनि यसलाई लिन सकिन्छ। बजेट अघि नै उक्त प्रतिवेदन तयार पार्ने गरिन्छ। सोही प्रतिवेदनको आधारमा बजेट निर्माण गर्नुपर्ने मान्यता रहेको छ। तर, सरकारले उक्त प्रतिवेदन बजेट आउनुभन्दा अघिल्लो दिन मात्रै सार्वजनिक गर्दैछ। जुन प्रतिवेदनले बजेट निर्माणमा भने खासै तात्विक महत्त्व राख्ने छैन। सार्वजनिक गर्नै पर्ने मान्यताका लागि नै भए पनि उक्त प्रतिवेदन बजेट अघि सार्वजनिक हुने गर्छ।
प्रतिक्रिया