निषेधाज्ञामा अत्यावश्यक खाद्यवस्तु घरबाटै खरिद गर्न मिल्ने , यी नम्बरमा फोन गर्न सकिने

५ बर्ष अगाडि

काठमाडौं, भोलिदेखि काठमाडौं उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा लागू हुने भएको छ । किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत बन्द गर्न जिल्ला प्रशासन काठमाडौंले निर्देशन दिएको छ ।

यो अवस्थामा उपभोक्तालाई खाद्यवस्तु आवश्यक परेमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडीको व्यवस्था गरिएको छ ।

आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरी व्यवस्था मिलाइएको जिल्ला प्रशासन काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए ।

प्रमुख पराजुलीले अत्यावश्यक सामानको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएकाले ढुक्क भएर घरभित्रै बसी निषेधाज्ञाको पालना गरी कोरोना नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरे ।

५ बर्ष अगाडि

प्रतिक्रिया