थप ७ हजार २२६ जना संक्रमण मुक्त, सक्रिय संक्रमित कति ?

५ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ७ हजार २२६ जना निको भएका छन् । लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।

हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ६२६ जना होम आइसोलेसनमा, ७ हजार ८५० संस्थागत आइसोलेन, आईसीयूमा १ हजार ६४५ र ४५७ जना भेन्टिलेटरमा रहेका छन् ।

कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया