पछिल्लो २४ घण्टामा थपिए झन्डै ७ हजार संक्रमित, १०६ जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ६२६ जना होम आइसोलेसनमा, ७ हजार ८५० संस्थागत आइसोलेन, आईसीयूमा १ हजार ६४५ र ४५७ जना भेन्टिलेटरमा रहेका छन् ।

काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् । 

कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया