चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५३ वर्षीय पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ का ५३ वर्षीय पुुरुष रहेका छन् । 

ती व्यक्तिले बालिकालाई बयर खान दिने लोभ देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको पाठेघरमा चोट लागेको चिकित्सकलाई उद्धृत गर्दैै प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार जेठ ११ गते दिउँसो साढे एक बजे बालिकामाथि बलात्कार भएको थियो । प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिले बालिकालाई बयर खान दिन्छु भन्दै फकाएर आफ्नो घरमा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया