रसुवागढी हाइड्रोपावरलाई २ करोड ४६ लाख  घाटा

४ बर्ष अगाडि

काठमाडौं - रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीलाई २ करोड ४६ लाख रुपैयाँ घाटा लागेकोे छ । गत वर्ष कम्पनी ६ करोड ६० लाख रुपैयाँ घाटामा रहेको थियो । 

चैत मसान्तसम्म कम्पनी ३ करोड २३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । कम्पनीले हालसम्म विद्युत उत्पादन गरेको छैन । हाल  चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रहेको कम्पनीको जगेडा कोष भने २२ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५३ पैसा नोक्सनामा रहेको छ भने प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ३२ रुपैयाँ छ । 
 
५०  प्रतिशत स्वपूँजी तथा ५० प्रतिशत ऋण रहने गरी वित्तीय व्यवस्थापन गरेको कम्पनीले स्वपूँजी अन्तर्गत ५१ प्रतिशत संस्थापक सेयरधनी र ४९ प्रतिशत सर्वसाधारण सेयरधनी हुनेगरी व्यवस्था गरेको छ ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया