अप्रत्यासित रुपमा घट्यो बिटक्वाइनको मूल्य, नेपालमा अझै हुँदैन कारोवार

७ बर्ष अगाडि

काठमाडौं – भर्चुअल मुद्राको रुपमा रहेको विटक्वाइनको मूल्य अप्रत्यासित रुपमा घट्दै गएको पाइएको छ । १७ डिसेम्बर २०१७ मा एक बिटक्वाइनको मूल्य १९ हजार ८९१ डलर रहेकोमा यस सालको फेब्रअरी महिनामा घटेर ६ हजार डलरमा झरेको थियो । पछिल्लो ७ दिनमा मात्रै त्यसको मूल्यमा थप २५ प्रतिशतले गिरावट आएको छ ।  

क्रिाप्टो करेन्सी बिट क्वाइनको मूल्य पछिल्लो ११ महिनामा ७८. ९३ प्रतिशतले घटेको छ । अब त्यसको मूल्य हाल ४ हजार ११९ डलरमा सिमित भएको छ ।

यस सालको जनवरी फेब्रुअरीकोबीचमा बिट क्वाइनको मूल्यमा सबैभन्दा बढी गिरावट आएको थियो । सन् २०१८ को ६ जनवरीमा बिटक्वाइनको मूल्य १६ हजार ६६५.३१ डलर रहेको थियो ।

यस्तै ६ फेब्रअरीमा ६ हजार ८१२.५१ बिन्दुमा पुगेको बिटक्वाइनको मूल्य क्रमशः घटदै ६ हजार डलरमा पुगेको थियो ।

पछिल्लो ७ दिनमा बिटक्वाइनको मूल्यमा २५ प्रतिशतले गिरावट आएको छ । एक महिनामा नै त्यसको मूल्य ३६ प्रतिशतले घटेको छ । विश्लेषकहरुकाअनुसार किप्टो करेन्सीको नियमक निकायले छानबिन थालेपछि संसारभर नै आशंका बढाइदिएको छ । जसका कारण किप्टो करेन्सीको मूल्यमा गिरावट आएको छ ।

सबै किप्टो करेन्सीको मूल्यांकन शुक्रबार १३८. ६ डलर रहेको थियो । सेप्टेम्बर २०१७ देखि बजार मूल्य घट्दै ७ सय अर्ब डलर घटेको छ । संसारभर नै किप्टो करेन्सीको विषयलाई लिएर ठूलो आशंका पैदा भएको छ । गलत काम गरेको भन्दै संसारभर नै अनुसन्धान सुरु भएपनि उपभोक्ताले किप्टो करेन्सीको विश्वास गुम्दै गएको हो ।  

पछिल्लो साता मात्रै अमेरिकी नियमक निकाय सेक्युरिटिज एण्ड एक्सचेञ्जले कित्टो करेन्सी इन्डस्ट्रिजमा धोकाधडीको मुद्दामा केही सञ्चालकलाई सोधपुछ मात्रै गरेन, जरिवाना समेत तिराएको थियो । सञ्चार माध्यमहरुकाअनुसार अमेरिकी नियमक निकायले सो विषयमा हाल समेत सोधपूछ गरिरहेको छ ।

पछिल्लो पटक भारतमा समेत किप्टो करेन्सीको खरीदलाई रिजर्भ बैंक अफ इण्डियाले रोक लगाएको छ । बिट क्वाइनको कारोवार गर्ने उद्देश्यले बैंगलोरमा खोलिएको एटिएम समेत प्रहरीले बन्द मात्रै गराएन, फाउण्डरलाई नै गिरफ्तार गरेको थियो ।

भर्चुअल संसारमा सातोशी नाकामोतो समूहले सुरु गरेको थियो । सन् २००९ मा बिटक्वाइन को सुरुवात भएको हो । यो पूर्ण रुपमा डिजिटल करेन्सी हो । यसको खरिद बिक्री केवल अनलाइनमा मात्रै हुन्छ ।

पछिल्लो समय नेपालमा समेत बिटक्वाइनको कारोवार मौलाएको बताइन्छ । तर कुनै पनि कारोवारीले मैले विटक्वाइन कारोवार गरे भनेर भन्न सक्ने अवस्था रहेको छैन । किनकी कानूनी रुपमा विटक्वाइनको कारोवार गर्नु दण्डनिय रहेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया